अभिनेता विवेक ओबरोय सपरिवार नेपाल भ्रमणमा आउँदै

बलिउड सुपरस्टार विवेक ओबरोय परिवारसहित नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही डिसेम्बर १४ तारिख (मंसिर २८ गते) नेपाल आउन लागेका हुन् । उनले एक भिडियो सन्देशमार्फत् आफू श्रीमती, सन्तान र आमा-बुबाको साथमा नेपाल आउन लागेको जानकारी दिँदै नेपालको विभिन्न ठाउँ घुम्ने बताएका छन् । उनलाई व्यवसायी तथा नेतृ पुनम यादवको सुमहले नेपाल ल्याउन लागेको हो ।

विवेकले डेढ मिनेट लामो भिडियो सन्देशमा भनेका छन्, ‘म परिवारको साथमा नेपाल आउँदैछु । मलाई नेपाल आउनका लागि खुल्ला हृदयले बोलाएकोमा पर्यटन क्षेत्र, नेपाल सरकार, नेपाली सबैलाई धन्यवाद भन्न चाहन्छु । नेपालसँग भारतको सम्बन्ध सांस्कृतिक, धार्मिक, ऐतिहासिक रुपमा मात्र नभएर विभिन्न हिसाबले जोडिएको छ । नेपालीहरु हाम्रै हुन् र हामी पनि नेपालीका हौं ।’

Leave a Reply