र्यापर भिटेन पक्राउ

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै त हो नि ब्रो’ चर्चित गीतमा गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हाे ।

चर्चित गीत ‘यस्तै त हो नि ब्रो’मा ‘पानी हान्न आइजा बरु म दारु मगाउछु, गाँजा सल्काउछु ।’ जस्ताे शब्द प्रयाेग भएकाे छ साथै उनले उक्त गीतकाे भिडियाेमा गाँजा पनि देखाइएकाे छ ।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।

Leave a Reply