आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक

प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । एक मिनेट १५ सेकेण्ड लामो टिजरमा प्रेम, एक्सन,सस्पेन्स र थ्रिलर समावेश छन्। टिजरमा अभिनेता आर्यन सिग्देल एक्सन र रोमान्टिक मूडमा देखिएका छन्। त्यस्तै, रहेकी अभिनेत्री उपासना सिंह ठकुरी नर्सको भूमिकामा छिन् । चलचित्रमा आर्यन र उपासनाले पहिलो पटक एकसाथ काम गरेका हुन् । युवानिर्माता रामप्रसाद रिजालको पाँचौ चलचित्र डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते) देशब्यापी प्रदर्शन हुने छ ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउदैछन् भने उपासना पछिल्लो समयकी सर्वाधिक सफल हिरोइन हुन् । उनी अभिनीत अहिलेसम्मका सबै चलचित्र सुपरहिट भएका छन् । आर्यन र उपसनालाई पहिलो पटक यही चलचित्रमासँगै हेर्न पाइदैछ । भारतीय चलचित्र उद्योगमा कार्यरत ब्यस्त निर्देशक प्रवीण झाद्धारा निर्देशित चलचित्रमा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल,नागेन्द्र रिजाल, शिसिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको चलचित्रलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्रको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।

Leave a Reply