सलमान खानको दबंग-३ को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउडका सुपर स्टार सलमान खानको नयाँ चलचित्र दबंग-३ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा एक ग्रान्ड इभेन्टका बीच सार्वजनिक गरिएको ट्रेलर प्रेम, रोमान्स र द्वन्द्वले भरिपूर्ण छ ।

चलचित्रको ट्रेलर स्पेशल स्क्रिनिङ हुदा उक्त स्पेशल स्क्रिनिङ भारतका विभिन्न ९ शहरहरुमा गरिएको थियो । चलचित्रमा सोनाक्षी सिन्हा, रज्जोको रुपमा फर्किएकी छन् । भने, यसपटक चलचित्रमा अभिनेत्री सई मान्जरेकर बलिउडमा डेब्यु गर्दै छन् । सईले सलमानको लभ इन्ट्रेस्टको रोल निभाएकी छन् । उनी हुन् सलमान खानका साथी महेश मांजरेकरको छोरी सई मांजरेकर ।

चलचित्रमा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ चलचित्रका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । प्रभु देवाको निर्देशनमा रहेको चलचित्रलाई अरबाज खानले निर्माण गरेका हुन् गरेका हुन् । ‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो ।

२० डिसेम्बरमा प्रदर्शनमा आउन लागेको चलचित्रलाई कथा सलमान स्वयंले लेखेका हुन् ।

Leave a Reply