अनमोल केसी ‘हनी बनी’मा अनुबन्धित

अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’ मा उनी अनुबन्ध भएका हुन् । यसअघि दीवाकरको निर्देशन रहेको चलचित्र ‘क्याप्टेन’ मा अनमोलले काम गरेका थिए ।

केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा चलचित्र साइन गरेको बताईएको छ । चलचित्रको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । चलचित्रमा उनको अपोजिटका लागि अभिनेत्री भने फाइनल भएको छैन ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।

Leave a Reply