‘सरी मम’को ट्रेलर सार्वजनिक, ‘अवतार २’ले गर्दा प्रदर्शन सर्‍यो

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ ।

ट्रेलर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि पोस्टपण्ड गरिएको छ । चलचित्र पूर्वघोषित मिति मंसिर २९ बाट माघ ५ मा सरेको छ । हलिउड चलचित्र ‘अवतार’ आएको कारण फिल्म सारिएको निर्माता विनोद लामाले बताए । उनले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म ‘सरी मम’ बनाएको सुनाए ।

चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट चलचित्र निर्माण भएको हो ।
चलचित्रलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरि चलचित्रमार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको चलचित्रका कार्यकारी निर्माता विनोद लामाले बताए । चलचित्रको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक चलचित्रमात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।

Leave a Reply