आना शर्माको मुख्य भूमिकामा ‘बदलिंदो आकाश’ निर्माण हुने

अभिनेत्री आना शर्माको मुख्य भूमिकामा चलचित्र ‘बदलिंदो आकाश’ निर्माण हुने भएको छ । मच्छिन्द्र योङ्ग्यले निर्देशन गर्ने चलचित्रको निर्माण अनुप पौडेलले गर्नेछन् । नेपाल, भारतको दार्जिलिङ र सिक्किममा छायांकन हुने चलचित्र भारतको फिल्म विकास निगम (एनएफडीसी)ले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टमाथि निर्माण हुन लागेको हो ।

अनुपको चलचित्र ‘लोरी’ अहिले ओस्कार अवार्डमा प्रतिस्पर्धाको तयारीमा छ । अंग्रेजी नाम ‘चेन्जिङ स्काइ’ राखिएको चलचित्रमा हाल आना मात्र अनुबन्धित छिन् । ट्राभल कथावस्तुमा निर्माण हुने चलचित्रमा अन्य कलाकार चाँडै फाइनल हुने बताईएको छ ।

Leave a Reply