निश्चल बस्नेत लेख्छन् : ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा छन् । उनको सवारी तालिकाका कारण मंगलबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणलाई कठिन भएको छ । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि ट्राफिक जाममा एम्बुलेन्स रोकेको एक तस्वीर शेयर गर्दै निश्चलले ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताएका छन् ।

निर्देशक निश्चलले फेसबुकमा लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

Leave a Reply