‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री

ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । चलचित्रको अष्ट्रेलिया राइट्स ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले खरिद गरेको हो ।  यो चलचित्रको अष्ट्रेलिया राइट्स महंगोमा बिक्री भएको बताइएको छ ।

आउँदो पुष ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतले डेब्यू गर्दैछन् । हाँस्य कथामा निर्माण भएको चलचित्रमा रविन्द्र झा, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, शिशिर भण्डारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
आरवी मुभिजको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा निर्देशक आचार्य र रिना ढकालको लगानी छ । राहुल राइको छायांकन रहेको चलचित्रमा भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ ।

Leave a Reply