‘मीलन’मा सलोन, कुशल र शिल्पाको त्रिकोणात्मक प्रेम

आगामी कात्तिक पहिलो साताबाट प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अगाडि छायांकन सकेर डबिङको काम समेत पूरा भइसकेको निर्माण टिमले जनाएको छ। चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बाङ्ग्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको चलचित्र ‘मीलन’मा सलोन, कुशल र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने निर्देशक टेक पौरखी राईले जानकारी दिए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ । निर्देशक राईले भने यसअघि दुई चलचित्र ‘मट्टीमाला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । चलचित्रमा उनकै लेखन छ ।

चलचित्रका मुख्य अभिनेता चकलेटी लुक्सका कुशलले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्दैछन् भने शिल्पाको पनि यो पहिलो चलचित्र हो । उनी टिकटकमा चर्चित छिन् ।

तीनवटा गीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौसल खड्का, प्रविशा अधिकारी, कृष्ण केसी, अस्मिता अधिकारी र बबिना किँरातीले स्वर दिएका छन् । काठमाडौं र कालिन्चोकमा खिचिएको चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन रहेको चलचित्रको कथाले युवापुस्तालाई आकर्षित गर्ने निर्देशक राईको आशा छ ।

Leave a Reply