दीपक मनाङ्गेको जीवनीमा आधारित चलचित्र बन्ने

प्रदेशसभा सांसद दीपक मनाङ्गेको जीवनकथामा आधारित भएर चलचित्र निर्माण हुने भएको छ ।

किरण नेपाली र अमलादेवी राईको निर्माणमा चलचित्र ‘मनाङ्गे’ को निर्माणका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको छ । निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता भएको छ । जमन आफैले अहिले कथामा काम गरिरहेका छन् ।

चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । निर्माता नेपालीले भने–‘दीपक दाइको कथामा चलचित्र बनाउन मेरो कम्पनीले अधिकार लिएको छ । जमनजीले कथा लेखिरहनुभएको छ ।’

डनदेखि सांसदसम्मको यात्रा तय गरेका दीपकको बायोपिक दर्शकका लागी निकै रोचक र फरक स्वादको हुने निर्माण पक्षको विश्वास छ । चलचित्रलाई २०७७ सालको चैत्रको अन्तिम साता नयाँ वर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने तयारी रहेको बुझिएको छ ।

Leave a Reply