‘राधे श्याम’को प्रदर्शन पनि ओमिक्रोनको कारण रोकियो

आगामी जनवरी १४ बाट प्रदर्शन हुने तयारीमा रहेको साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को प्रदर्शन पोष्टपोन्ड गरिएको छ ।
यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले रहेको भएपनि भारतमा कोरोना संक्रमितको संख्या बढेपछि चलचित्रको प्रदर्शन रोकिएको हो । भारतमा कोरोना त्रासका कारण चलचित्रहरुको रिलिज पोष्टपोन्ड भइरहेको छ ।

राधाकृष्ण कुमारको निर्देशनमा बनेको लागेको यो चलचित्रलाई हिन्दी, तेलुगु,तामिल लगायतका भाषामा रिलिज गरिनेछ। भुषण कुमार,भाम्सी र प्रमोदले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा प्रभास र पूजासँगै भाग्य श्री, सचिन खेडेकर, कुनाल रोय कपूरलगायत कलाकारको अभिनय छ ।

Leave a Reply