महजोडीको ‘महापुरुष’ वैशाख दोस्रो सातादेखि छायांकनमा जाने

बरिष्ठ हास्य कलाकार महजोडीको मुख्य भुमिका रहने चलचित्र ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बैशाख दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रलाई प्रदीप भट्राईले निर्देशन गर्दैछन् । षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल चलचित्रमा सहकार्य गरिसकेका छन् । यो उनीहरुको तेस्रो सहकार्य हो ।

निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि चलचित्र निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही चलचित्रबाट अभिनेताको रुपमा डेव्यु गर्दैछन् । यस्तै, निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रमा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्ने छन् ।

Leave a Reply