‘लक्का जवान’ अर्को वर्षको वैशाख २३ मा प्रदर्शन हुने

कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्र ‘लक्का जवान’ को नयाँ प्रदर्शन मिति तय भएको छ । कोरोना महामारीका कारण २०७६ चैत २१ गते यो चलचित्र प्रदर्शन हुन पाएको थिएन । चलचित्र आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन हुने भएको छ ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ ओन्ताको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको चलचित्र ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, अनुसुयषा श्रेष्ठ ओन्ता, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । चलचित्रलाई देशभर एफडि कम्पनीले वितरण गर्नेछ ।

 

 

 

 

Leave a Reply