करिश्मा मानन्धरले आँखाको कस्मेटिक सर्जरी गर्दै

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौँ वार्षिक उत्सवमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।

नेपालमै अन्तराष्ट्रिय स्तरको यो सेवा उपलब्ध भएकाले आफुले आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्नका लागि उनले बिहिबार डाक्टरको अग्रिम समय पनि लिएकी छिन् ।

Leave a Reply