नाजिर, मुकुन, सुमन र रिस्ताको ‘लभ सर्कल’ टीभीमा रिलिज हुँदै

चलचित्र ‘लभ सर्कल’को फर्स्ट लूक्स सार्वजनिक भएको छ । गतबर्षको लकडाउनमा खिचेको यो चलचित्रलाई डिस होम मार्फत रिलिज गरिने भएको छ । आगामी साउन २९ गतेदेखि डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शन हुने चलचित्रको फस्ट लुक पोस्टरमा नायक मुकुन भुसाल , नाजिर हुसेन , दले दाइ(सुमन कोइराला), रिस्ता बस्नेत, रवीन्द्र झा र पवित्रा आचार्यलाई देखाइएको छ ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्र लाईओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन वसन्त निरौलाले गरेका हुन् । चलचित्रमा अंकित बाबु अधिकारीको संगीत, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुबेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा शाहील खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Leave a Reply