‘चपली हाइट ३’ को छायांकन सम्पन्न

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काको निर्देशनमा बनिरहेको चलचित्र ‘चपली हाइट ३’ को ३२ दिनमा छायांकन सम्पन्न भएको छ। तर एक गीत भने खिच्न बाकि रहेको निर्माणपक्षले बताएको छ ।

सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ । टिमको लगाव र मिहेनतका कारण चलचित्रको छायांकन छिट्टै सकिएको निर्माता कुमारले बताए ।


स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने यो चलचित्र आउँदो चैत २८ गते प्रदर्शन हुने निधो भएको छ । अब, यो चलचित्रको बक्सअफिसमा चलचित्र ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply