बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएको बिबिसी हिन्दीकी पत्रकार मधु पालले बताएकी छन् ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए । मेरा दिल नाम गरेकाे टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट धेरै चर्चामा आएका थिए ।उनले शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए ।

Leave a Reply