निखिलको आग्रह–‘छिमेकी राष्ट्रप्रति सधै झुक्ने र आश गर्ने बानी छाडौ’(भिडियोसहित)

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् । यसैबीच राष्ट्रियताको बिषयमा नायक निखिल उप्रेतीले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन्। निखिल उप्रेतीले यदि हामी साच्चै नै देशभक्त हौँ छिमेकी राष्ट्रप्रति सधै झुक्ने र आश गर्ने बानीलाई हामीले आज नभए भोलि छोड्न आग्रह गरेका छन्। राष्ट्रियताको मामिलामा एक हुन आग्रह गर्दै भारतिय आशिर्वादको आधारमा सरकार चलाउने र गिराउने जस्तो घिनाउने राजनीतिको अन्त्य गर्न पनि निखिलले आव्हान गरेका छन् । राष्ट्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको प्रशंसा पनि गरेका छन् ।

‘आजसम्म राजनीतिक इतिहासमा कुनै पनि नेताले आफ्नो सरकार र कुर्सी दाउमा राखेर छिमेकी राष्ट्रको बारेमा बोल्ने हिम्मत गरेको थिएन’, निखिलले भनेका छन्, ‘यो देशको लागि जुन चिजको साँच्ची नै खाँचो थियो । पहिलो पटक सम्माननिय प्रधानमन्त्री केपी ओली जीले गर्न सक्नु भयो । हामी सबैले सेलुट र आत्मासाथ गर्नु पर्ने कुरा हो ।’‘हिजोको दिनसम्म आफ्नो सरकार टिकाउन र आफु सरकारमा बस्नको निम्ति सधैंभरी भारतको आशिर्वादको आश गरेर बस्ने बानी थियो । तर त्यो कतिञ्जेल बस्ने ? उस्को आश गर्दा गर्दै उस्ले हामीलाई हेप्नुको पनि एउटा हदसम्म पुग्यो । ओली जीले यो कुरा उठाउनु भयो यो हामी सबैको लागि उर्जाको चिज हो’, निखिलको भनाई छ ।

Leave a Reply