प्रदीप खड्काले साइन गरे दीपक ओलीको चलचित्र

अभिनेता प्रदीप खड्काले निर्देशक दीपक ओलीको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रमा साइन गरेका छन् । अभिनेता प्रदीप र चलचित्र निर्माण पक्षबीच शुक्रबार सम्झौता भएको हो । महेश दवाडीले कथा लेखेको चलचित्र ब्राजिल, कोलोम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको र नेपालमा खिचिने छ । चलचित्रको सुटिङ्ग आगामी चैत्रबाट सुरु हुनेछ ।

हाल नाम तय नभएको चलचित्र यात्राको कथामा आधारित हुने जानकारी प्राप्त छ । चलचित्रको नाम पनि यात्रामा आधारित राख्ने तयारीमा निर्माण पक्ष छ । निर्माण टिम चलचित्रको लागि अन्य कलाकारहरु छनौट गर्ने तयारीमा जुटेको छ । प्रदीपको यो वर्ष प्रदर्शन भएका चलचित्र ‘प्रेमगीत ३’ र ‘प्रकाश’ दुवै सुपरहिट साबित भएको थियो ।

Leave a Reply