चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु, बिहीबारदेखि छायांकन हुने

चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कशपमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भएका छन् । ४ दिन वर्कशप गरेपछि चलचित्रको छायांकन सुरु गरिने निर्माता नेपालीले जानकारी गराए ।

सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा अभिनेता सौगात मल्लको पनि मुख्य भूमिका रहेनछ । तर सौगात भने साउनपछि मात्र छायांकन सेटमा जोडिने जनाइएको छ । चलचित्रमा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।

‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल चलचित्र दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ देखिँदै छन् । छायांकनभन्दा अगावै चलचित्रको मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार पनि विक्री भइसकेको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ ।

Leave a Reply