सनसिटीमा बस्ने बेनिशाको आग्रह घरमै बसि लकडाउनको पुर्ण पालना गरौँ

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला अपार्टमेन्ट भित्र त्राशको वातावरण छ । यो समाचारले अपार्टमेन्टमा बस्ने १५ सयभन्दा बढि व्यक्तिलाई चिन्तित तुल्याएको छ, जसमध्ये एक हुन् नायिका बेनिशा हमाल । बेनिशा सनसिटी अपार्टमेन्टको ‘ब्लक जे’ मा आफ्नो परिवारसहित बस्छिन् । चलचित्र विषय पढ्न मुम्बईमा रहेकी उनी गत चैत ६ गते नेपाल फर्केकी थिइन् । त्यसयता उनी अपार्टमेन्टभित्रै १४ दिन सेल्फ क्वारेन्टाइनमा बसिन् ।

१४ दिनको आइसोलेसन अवधिपछि उनको डर कम भएको थियो । तर, अपार्टमेन्टभित्रै संक्रमण देखिएपछि फेरि त्राश उत्पन्न भएको छ । संक्रमित परिवार र बेनिशा बस्ने ब्लग फरक हो । तर, नजिकै बस्ने भएकाले डर त लाग्ने नै भयो । उनले सोही अपार्टमेन्टमा बस्नेलाई कोरोना संक्रमण छ भन्ने कुरा समाचार पढेर थाहा पाइन् । अहिले अपार्टमेन्टलाई पूर्णरुपमा ‘सिल’ गरिएको छ । त्यहाँ बसोबास गर्ने हरेकको कोरोना टेस्ट गर्ने तयारी छ । बेनिशाले सामाजिक संजाल फेसबुक मार्फत एउटा तस्बिर साझेदार गर्दै लेखेकी छिन् , म र मेरो परिवार सुरक्षित छौ | हजुरहरुले देखाउनु भएको माया,सद्भाब र चिन्ताको लागि आभार प्रकट गर्न चाहन्छु ,घरमै बसि लकडाउनको पुर्ण पालना गरौ |

Leave a Reply