अर्पणको ‘लिम्बो’मा आना शर्मा फाइनल

अनमोल केसीसँग स्कृन सेयर गर्दै चलचित्र क्षेत्रमा डेब्यु गरेकी आनाको चलचित्र यात्रा सुखद बनेको छैन । डेब्यु चलचित्र ‘जेरी’ रिलिज हुदाँ आनाले पाएको चर्चा पछिल्लो चलचित्रमा देखिएन । आना अभिनित ‘ग्याङ्ग स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ लगायत बक्स अफिसमा असफल भए । उनलाई कुनै चलचित्रमा नदेखेको धेरै भयो ।

यसैक्रममा नायक निर्देशक अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘लिम्बो’मा नायिका आना शर्मा पक्‍का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्नेछिन् । निर्देशक थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायांकनमा छन् । यस चलचित्रको छायांकन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय दिनेछन् । चलचित्रको लागि अन्य कलाकारको छनोट हुन बाकीँ रहेको छ ।

Leave a Reply