स्क्विड गेमका अभिनेता ओ योङ–सुमाथि यौन दुर्व्यवहारको आरोप

दक्षिण कोरियाली अभिनेता र नेटफ्लिक्सको लोकप्रिय शो “स्क्विड गेम” स्टार ओ योङ-सुलाई यौन दुर्व्यवहारको आरोप लागेको छ। ७८ वर्षीय अभिनेतामाथि सन् २०१७ मा एक महिलालाई अनुचित ढंगले छोएको आरोप लागेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ओ योङ–सुले यी आरोप अस्वीकार गरेका छन् ।

कथित पीडितले डिसेम्बर २०२१ मा प्रारम्भिक उजुरी दायर गरेको थियो, तर दक्षिण कोरियाली अधिकारीहरूले अप्रिल २०२२ सम्ममा मुद्दा बन्द गरिदिएका थिए। ‘पीडितको पुनरावेदनमा’ अभियोजन पक्षले मुद्दा पुनः खोलेको र मुद्दाको अनुसन्धान फेरि सुरु भएको समाचार एजेन्सीहरू बताउँछन् । अब यो मुद्दामा ओ अभियुक्त हुन् तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

यस वर्षको सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ–सुले स्क्विड गेमका लागि ‘उत्कृष्ट सहयोगी अभिनेता’ का लागि गोल्डेन ग्लोब अवार्ड प्राप्त गरेका थिए । यो सम्मान पाउने उनी पहिलो दक्षिण कोरियाली अभिनेता हुन् ।

Leave a Reply