मुकुन र मेनुका अभिनित ‘गणपति’ जेठ ५ मा प्रदर्शन हुने

अभितेना मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार पोस्टर सार्वजनिक गर्दै चलचित्रको आगामी वर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो। भगवान् गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको पुरुष पात्र चित्रण गरिएको पोस्टरको पृष्ठभूमिमा चलचित्रका प्रमुख कलाकारद्वय मुकुन र मेनुका गम्भीर मुद्रामा प्रस्तुत छन् । चलचित्रले भगवान र मानिसविचको फरक देखाउने बताइएको छ ।

सविन अधिकारीको निर्देशन रहेको चलचित्रमा मुकुन र मेनुकाको साथमा कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी, अरविन्द्र गिरीको लगानीमा बनेको चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी छ । चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुर गाउँपालिका थारुबासमा गरिएको छ ।

एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्ममा हरिबहादुर घलेको छायांकन छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर छ ।

Leave a Reply