सौगात, दीया र बुद्दिको ‘मन्त्र’ आउँदो माघ २८ मा प्रदर्शन हुने

चलचित्र ‘मन्त्र’को फस्टलुक सार्वजनिक भएको छ । सोमवार नयाँ पोस्टरसहित निर्माण टिमले प्रदर्शन मिति घोषणा पनि गरेको हो । यो चलचित्र आगामी माघ २८ गते रिलिज हुने निर्माणपक्षले जनाएको छ ।सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ मात्र फिचर्ड छन् । पोस्टरमा उनीहरुलाई भिन्न गेटअपमा प्रस्तुत गरिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको यस चलचित्रमा नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा लगायतको पनि अभिनय छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही हुन् ।

चलचित्रमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको चलचित्रमा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ ।

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ ।

Leave a Reply