‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

कोरीबाटी,काठमाण्डौ

दीपेन्द्र लामाको निर्देशनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । बसन्त थापा र मिना निरौलाको आवाजमा रहेको ‘जुनको जुनेली’ बोलको गीतमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, बुद्धि तामाङ रजनी गुरुङको फिचर्ड छन् । 

राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत रहेको छ । गीतको भिडियोमा जितु र सुपुष्पाको प्रेम भाव  झल्काउँछ भने दीपकराज र केकीबीच अंकुराउँदै गरेको प्रेम देख्न सकिन्छ तथा कलाकार केदारको जोडी भने देखाइएको छैन । गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, पैकाश घिमिरे, पुष्कर गुरुङ, सुपुष्पा भट्ट लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । दशैंमा प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरीसँग अभिनेत्री केकी अधिकारीको जोडी बाँधिएको छ ।  ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्रलाई निर्माता रोहित अधिकारीको एकल लगानी रहेको छ भने चलचित्र प्रदर्शन पश्चात नाफाको ५० प्रतिसत दीपक-दीपाको टिमले पाउने छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण रहेको चलचित्रलाई रोहित अधिकारीको आफ्नै लगानी छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका छन्। निर्देशक लामाको कथा रहेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले सहयोग गरेका छन् । जितु नेपाल र केदार केदार घिमिरे चलचित्रका कार्यकारी निर्माता हुन् ।

(रमाइलो भिडियो सहित्):

Leave a Reply