आर्यन सिग्देलले साइन गरे मधुसुदनको चलचित्र

अभिनेता आर्यन सिग्देलले नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ चलचित्रमा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । सोमवार दुवै पक्षबीच कागजी सम्झौता भएको छ । आरआर फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र म्यूजिक लभस्टोरीमा निर्माण हुनेछ । हाल नाम गोप्य राखिएको चलचित्रमा अभिनेत्री भने फाइनल भएको छैन । चलचित्रमा आर्यन ‘लभर ब्वाई’ को भूमिकामा प्रस्तुत हुने छन् ।

Leave a Reply