सौगात र श्रृष्टि प्रेममा बने ‘टम र जेरी’

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला विश्व नै लक डाउनमा छ । कोरोनाको त्रासले एक महिनायता नेपाली चलचित्रको छायांकनदेखि प्रदर्शनसम्म स्थगित हुँदा कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् ।यसैक्रममा नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठले लकडाउनका कारण एकसाथ समय बिताउन पाइरहेका छन् ।

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । हालै सृष्टीले सौगातसँगको तस्वीर इन्स्टाग्राम मार्फत शेयर गर्दै एउटा कविता पनि लेखेकी छिन् । कवितामा सृष्टीले आफुलाई जेरी र सौगातलाई टम भनेकी छिन् । उनले यस्तो लाइफ होला कि नहोला फेरि आफ्नो जीवनलाई रमाइलो तरिकाले जिउने, र लकडाउन सकेपछि पुरी जेरी खान जानु पर्छ भनेर लेखेकी छिन् ।

Leave a Reply