सुशान्त सिंह आत्महत्या प्रकरणमा सलमान, करन जोहरसहित ६ जना विरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्साली सहित आठ जना विरुद्ध मुद्दा दायर भएको छ । यी सहित आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको नाम पनि आएको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण रहेको बताउँदै बिहार अदालतमा मुद्दा दायर गरेका हुन् । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयलाई लिएर अधिवक्ता सुधीरकुमार ओझाले विहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लामो समयदेखि डिप्रेसनमा रहेको कारण अभिनेता सुशान्तले आइतबार मुम्बईमा बान्द्रास्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए ।

उजुरीमा वकिल सुधिरले सुशान्त सिंह राजपूतलाई करिब सात फिल्महरूबाट हटाइएको र उनका केही फिल्महरू पनि रिलिज गर्न नदिएका कारणले उनलाई यसतो चरम कदम चाल्न बाध्य तुल्याएको आरोप लगाएका छन् । यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । यस घटनाको साक्षीको सूचीमा अभिनेत्री कङ्गना रनावतको नाम राखिएको छ । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् ।अदालतले आगामी ३ जुलाईका लागि सुनुवाइ मिति दिएको छ ।

Leave a Reply