रणवीर कपुर अभिनित ‘शमशेरा’को जबर्जस्त ट्रेलर सार्वजनिक

बलिउडको प्रतिक्षीत चलचित्र ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रणबीर कपुर, सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको छ । बिहीबार नयाँ पोस्टर सार्वजनिक गरेपछि निर्माण पक्षले आज चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा रणबीरलाई डकैत, आफ्नो जनजातिको संरक्षक र आफ्नो बुबाको विरासत पूरा गर्ने छोराको रूपमा देखाइएको छ।

चलचित्रमा अभिनेता दोहोरो भूमिकामा देखिएका छन् । सञ्जय दत्तले आफ्नो प्रतिद्वन्द्वी दुष्ट दरोगा शुद्ध सिंहको भूमिका निर्वाह गरेका छन्। यशराज फिल्म निर्माणमा वाणी कपूर “गोल्डेन गर्ल” को रूपमा सुन्दर देखिन्छिन्। पटकपटक स्थगित भएको चलचित्र अब जुलाई २२ मा रिलिज हुँदैछ ।

लद्दाख क्षेत्रमा छायांकन भएको चलचित्रलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा आशुतोष राणा, सौरभ शुक्ला, रोनित रोय र त्रिधा चौधरीको पनि मुख्य भूमिका छ ।

Leave a Reply