निर्देशक सुदर्शन थापा र सुप्रिया वैवाहिक वन्धनमा बाँधिए

सुदर्शन थापा र सुप्रिया कटवाल विवाह बन्धनमा बाँधिएका छन् । गत महिना आफ्नो जन्मदिनको अवसर पारेर समाचार वाचिका सुप्रिया कटुवालसँग उनले औंठी साटेका थिए । शुक्रवार विहानको ११ बजेदेखि गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ ।

स्वयम्बरपछि सुदर्शन र सुप्रियाले एकसाथ खिचेको तस्विरमा उनीहरु दुलहा र दुलहीको पहिरनमा निकै खुसी देखिएका छन् । विवाह समारोहमा दुई पक्षका परिवार र केही फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । एक वर्षअघि सुदर्शनको जन्मदिनमा उनीहरुबीच पहिलो पटक देखादेख भएको थियो । सुप्रिया अहिले एपि वान टिभीमा समाचार वाचन गर्छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । सुदर्शनले ‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशकको रुपमा डेब्यू गरेका थिए र सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ ।

चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शनले आज आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेका छन् ।

सुदर्शन र सुप्रियालाई वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना एवं नवदाम्पत्य जीवनको सफलताको कामना व्यक्त गर्दछौं ।

Leave a Reply