सस्पेन्स र थ्रीलर भरिएको ‘म’को टिजर सार्वजनिक, साउन ३०मा प्रदर्शन हुने

चलचित्र सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्र ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गरेका हुन् । एक आपराधिक घटना र अनुसन्धानमा जुटेका विभिन्न पात्र टिजरमा देखाइएको छ । चलचित्रको टिजर सस्पेन्स र थ्रीलरले भरिएको छ ।

निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै गत बुधवार चलचित्रको नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको थियो । आगामी साउन २० गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ २० गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिए पनि पोस्ट प्रोडक्सनको काम पूरा नभएकाले रिलिज पोस्टपोन्ड भएको थियो ।

चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली,नरेन खड्का, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्माता विमला हुमागाईं र पदम पुरी हुन् । तेञ्जिङ्ग पाल्देनको छायांकन रहेको यो चलचित्रले मानिसभित्रको कथा भन्ने बताइएको छ ।

Leave a Reply