सलोन र रुविनाको ‘डाँडाको बर पीपल’को ट्रेलर रिलिज(भिडियो)

चलचित्र ‘डाँडाको वरपीपल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सलोन बस्नेत र रुविना थापाको प्रेममा जातको कारण उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । चलचित्रमा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गरेका छन् ।

चित्लाङ र काठमाडौंमा छायांकन भएको यस चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको यस मल्टिस्टारर चलचित्रमा नवराज गिरीको लगानी, रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

एक समयका सफल निर्देशक शोभित बस्नेत निर्देशित यो चलचित्रमा शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि एकसाथ चलचित्रमा काम गरेका हुन् । उनीहरुले पछिल्लो पटक २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट चलचित्र ‘राजु राजा राम’ मा सँगै काम गरेका थिए ।

त्यस्तै, शिव श्रेष्ठ र गौरी मल्लले ‘धर्मसंकट’ रिलिजको २० वर्षपछि एकसाथ काम गरेका हुन् । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति असोज २६ गते (घटस्थापना) लाई घोषणा गरेको छ ।

सरकारले हल खोल्न अनुमति दिएपछि ग‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । चलचित्र रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छन् ।

गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा पनि नयाँ चलचित्र चलाउन कुनै निर्माता सोचमा पुगेनन् । गतबर्षदेखि नै यो बर्षको दशैंमा चलचित्र रिलिज गर्ने सोेच बोकेर बसेका निर्माता समेत पछि परे । शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा चलचित्र रिलिज गर्न अघि सरेनन् ।

हल चलाउनका लागि प्रदर्शकले विदेशी चलचित्रकै सहारा लिनुपर्ने अवस्था आएको छ । ४ महिनादेखि बन्द हलमा पहिलो दिन नै हलिउड चलचित्र लाग्दैछ । मुम्बईमा हल खुलेपछि भने यसले नेपाली चलचित्र क्षेत्रलाई पनि राहत मिलेको छ । नेपालका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि ठूलो चलचित्र रिलिज हुने र यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने आशामा थिए ।

ट्रेलर हेर्नुहोस् :-

Leave a Reply