निर्देशक नेत्र गुरुङले ‘खैला बैला’ बनाउँदै

‘नाइके’ फेम्ड निर्देशक नेत्र गुरुङले नयाँ वर्ष २०७७ सालको अवसर पारेर नयाँ चलचित्र ‘खैला बैला’ को निर्माण घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरेका हुन् ।

निर्देशक गुरुङ लकडाउनको समय सदुपयोग गर्दै चलचित्रको स्क्रिप्टलाई लेख्नमा लागिपरेका छन् । नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा रहेर निर्माण हुने चलचित्रमा उनको आफ्नै कथा रहेको छ । ‘खैला बैला’ मा अभिनय गर्ने कलाकारहरूको भने अहिलेसम्म टुंगो लागेको छैन ।

निर्देशक नेत्र गुरुङले चलचित्रमा नयाँ तथा पुराना कलाकारको समिश्रण हुने हुँदा लकडाउन हटेपछि नयाँ कलाकारका लागि अडिसन आह्वान गर्ने जानकारी दिएका छन् । कलाकार र प्राविधिकको फाइनल भएपछि चलचित्रको एक कार्यक्रमका बीच औपचारिक रूपमा निर्माण घोषणा गरिने भएको छ ।यसै वर्ष छायांकन हुने यस चलचित्रको रिलिज मिति भने पक्का गरिएको छैन ।


Leave a Reply