नेपाली लघु चलचित्र ‘भाउ’ बेलायतको फिल्म फेस्टिभलमा छनोट

नेपाली लघुचलचित्र ‘भाउ’ (कस्ट् अफ लिभिङ) बेलायतको फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड (फेस्टिभल) स्टुडियोको छनोटमा परेको छ । यो स्टुडियो चलचित्रमा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरुको साइट हो ।

लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्दै आएका सुवास प्रसाद गजुरेलको मुख्य अभिनय रहेको ‘भाउ’ मा सुजिता शाह, रेनुका कार्की र सुमन थापा लगायतको अभिनय छ । काठमाडौं र भक्तपुरमा छायांकन भएको चलचित्रमा लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मी मोहन अभिलाषीको छ । नारायण जिसीको छायांकन, कवाडीवालाको कथा रहेको चलचित्रमा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ ।

Leave a Reply