‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ मा बिक्रम र दीपीकाको रोमान्स

‘हेल्लो जिन्दगी’ फिल्मले प्रचारप्रशारलाई तीव्र पारेको छ । चैत्र १८ गते प्रदर्शन हुने चलचित्रको ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा चलचित्रका प्रमुख अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् ।

बेलायत र काठमाडौमा खिचिएको चलचित्रमा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा,बिभिया श्रेष्ठ, सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त,मनोज केसी, ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको चलचित्र तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रमा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।
हेर्नुस् गीत-

Leave a Reply