राजेश हमालले बाढीपीडितलाई गरे राहत वितरण

अभिनेता राजेश हमालले सिन्धुपाल्चोक पुगेर बाढीपिडितलाई सहयोग गरेका छन् । राहत बाँड्नका लागि सोमवार सिम्रिक एयरको हेलिकप्टरमा सवार भएर हेलम्बु र पाँचपोखरी पुगेका उनलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए । बाढी पीडितको अवस्थाबारे जानकारी लिँदै उनले त्यहाँका बाढी प्रभावितलाई सोलार, स्वास्थ्य सामाग्री र नगद पनि सहयोग गरे । हेल्प अर्गनाइजेसन र विआइए संस्थाको सहकार्यमा राहत बाँड्न हमाल सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुगेका हुन् । उनले सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रको अवलोकन र राहत वितरणका तस्विरहरु शेयर गरेका छन् ।

Leave a Reply