मेलिना राई र सुरेन बिसीको ‘तिमी र म’ सार्वजनिक

गायिका मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् । गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।

युबराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर, निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप समावेश छ । गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई सुशील चौगाई र संजय शर्माले निर्माण गरेका हुन्।

Leave a Reply