दयाहाङ र सौगातको ‘२ नम्बरी’को छायांकन २६ दिनमा सकियो

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ को छायांकन सकिएको छ । चलचित्रको सम्पूर्ण छायांकन २६ दिनमा सकिएको निर्देशक लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । यही बैशाख ३ गतेबाट कास्कीको ल्वाङ गाउँदेखि छायांकन सुरु भएको चलचित्रको सम्पूर्ण छायांकन त्यही भएको हो । चलचित्रको प्रदर्शन मिति आगामी कात्तिक ४ गतेलाई घोषणा गरिएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल,उपासना सिंह ठकुरी, उगेन छोदेन (भुटानी अभिनेत्री), बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएक चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply