स्वस्तिमाले प्राविधिकको घरमै पुगेर रकम र रासन सहयोग गर्ने

अभिनेत्री स्वस्तिमा खड्काले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुको सहयोगको लागि अभियान नै चलाएकी छन् । उनको अभियानमा हातेमालो गर्दै फिल्मकर्मीसँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । अबको केही दिनमा दयनीय अवस्थामा रहेका प्राविधिकलाई आर्थिक र खाद्यान्न सहयोग गर्ने उनको तयारी छ । स्वस्तिमाले बुधवार फेसबुकमा आफूले चलाएको अभियानमा जोडिएर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै अहिलेको समयलाई ध्यानमा राख्दै फिल्म प्राविधिकहरुको घरमै पुगेर केही रकम र रासन सहयोग गर्न लागेको जानकारी दिएकी छन् ।

Leave a Reply