निश्चलको डर–‘गैर जिम्मेवार नेत्तृत्वको बिग्रेको सिस्टमको सिकार हामी पनि कहिले हुन्छौं’

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्ष देखी मिर्गौला रोग बाट पीडित रहेका मिश्राको मंगलबार बिहान निधन भएको हो । आदर्शका पिताको निधनपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखेका छन्–‘सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्याउन सकेको भए । हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ । डायलसिस समयमा गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो । मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ । कती कठिन हुन्छ थाहा छ मलाई । सायद, त्यो विग्रेको मेसिन समयमा नै बनाउने प्रशासन भएको भए, सायद कोभिड मात्र हैन अरु रोग पनि छ जसले अप्ठ्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले नै वुझेको भए आज उसलाई सहानुभुतीको आवश्यकता पर्ने थिएन होला । अभिभावक गुमाउनुको पीडा म सम्झिन पनि सक्दिन, उसले भोगीरहेछ।’ निश्चलले गुनासो पोख्दै थप लेखेका छन्–‘ हाम्रो गैर जिम्मेवार नेत्तृत्वको बिग्रेको सिस्टमको कारण कैयौं यस्ता घटना घटिरहेछन्। डर लाग्छ हामी पनि कहिले यही सिस्टमको सिकार हुन्छौं भनेर ।’

Leave a Reply