बेव सिरिज ‘प्रित को रीत’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘डिनेस्ट इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको बेव सिरिज ‘प्रित को रीत’ को ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । कविता न्यौपाने मुख्य भूमिकामा छन् भने अमरप्रताप श्रेष्ठ र रविन सुवेदीले यही सिरिजमार्फत चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन् ।

शंकर कोइरालाको लेखन तथा निर्देशन रहेको बेव सिरिजको निर्माता दिलिप के.सी.हुन् र सह- निर्माता हरि श्रेष्ठ रहेका छन्। पछिल्लो समय युवापुस्तामा सिरिजको क्रेज बढ्दै गएकाले सिरिजमा युवापुस्ताको कथालाई समेटिएको निर्देशक शंकर कोइरालाले बताए ।

सिरिजमा बिकल्प श्रेष्ठ , अनामिका लामिछाने, सुजाता पाण्डे , ब्रिन्दा खतिवडा , आनन्द विक्रम क्षेत्री, समिना महर्जन , बिजय महर्जन , उमा देबी बस्नेत , सिखा श्रेष्ठ , दिलु मुध्वरी लगायतको अभिनय रहेको छ ।

Leave a Reply