करिश्मा मानन्धर लेख्छिन्–‘नेपालीलाई सबैबाट मान्यताप्राप्त सिमाना सहितको नक्सा चाहिन्छ’

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। र यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।अधिकांश नेपाली चलचित्रका कलाकारहरुले सरकारको यो निर्णयको स्वागत गरेका छन् । नायिका करिश्मा मानन्धरले भने यो विषयमा केही फरक विचार व्यक्त गरेकी छिन् । करिश्मा लेख्छिन्–‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौं, भाइचाराको कुरा गर्छौँ । तर, छिमेकी जस्को थिचोमिचोमा हामी दशकौंदेखि परिरहेका छौं, ती छिमेकीसँग सिमानाबारे स्पष्ट कुरा नगरी कसरी मुलुकको नक्सा सार्वजनिक गर्छौं ? के यो सोझो जनतालाई बच्चालाई पापा देखाएको जस्तो झुक्याएको हो ?’

करिश्माले के फेरि अर्को पुस्ताले यो नक्सा देखाउँदै छिमेकीसँगको विवाद गरेरै जीवन गुजार्ने भन्दै प्रश्न पनि गरेकी छिन् । उनले, सबैबाट मान्यताप्राप्त सिमाना सहितको नक्सा नेपालीलाई चाहिएको पनि उल्लेख गरेकी छिन् ।

Leave a Reply