दिलीप र रमितद्वारा भुटानी शरणार्थी शिविरमा राहत वितरण

कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोनाले निम्त्याएको विभिन्न अभावहरुसंग लड्न र जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् ।
यसैक्रममा, अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थीलाई राहत वितरण गरेका छन्। दिलीप र रमितले पूर्वी मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका हुन् । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएको हो । यो संस्था नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको हो ।

प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको थियो । दिलिप यस् संस्थाको कार्यकारी निर्देशक पनि हुन्। फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई हरेक महिना अशक्त भत्ता दिने तयारी पनि गरेको छ ।

Leave a Reply