साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को टिजरमा प्रेम र बदलाको कथा

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ । चलचित्रको सार्वजनिक १ मिनेट ३० लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

रमेश एमके पौडेल निर्देशित चलचित्रमा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु चलचित्र हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ । साम्राज्ञी र पुष्पको ‘मारुनी’पछि यो दोस्रो सहकार्य हो ।

चलचित्रलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सहनिर्माताका रूपमा रहेका छन् । चलचित्रको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

Leave a Reply