मुकुन र मेनुका अभिनित ‘गणपति’को टिजर सार्वजनिक

अभितेना मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’को टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युब रिलिज गरिएको १ मिनेट ३७ सेकेन्ड लम्बाईको टिजरमा
शीर्ष पात्रको अस्वभाविक जन्म, बाल्यकाल र युवावस्थाको उतारचढावलाई देखाइएको छ ।

आगामी वर्षको जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमा उपस्थित मानिसबीचको फरक देखाउने छ ।सविन अधिकारीको निर्देशन रहेको चलचित्रमा मुकुन र मेनुकाको साथमा कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुन् ।

लक्ष्मण थापा, विज्ञान केसी, अरविन्द्र गिरीको लगानीमा बनेको चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी छ । चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुर गाउँपालिका थारुबासमा गरिएको छ । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्ममा हरिबहादुर घलेको छायांकन छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर छ ।

Leave a Reply