‘क्याप्टेन’ अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट सम्पन्न

गत वर्ष प्रदर्शन भएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । आज शुक्रवार काठमाडौंको एक होटलमा उनले प्रेमी सफल अधिकारीसँग औंठी साटेकी हुन् । उनीहरुको इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । इन्गेजमेन्ट गरिए पनि उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।

अभिनेत्री प्रियंकाका हुनेवाला श्रीमान् इन्जिनियर हुन् । प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत् आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् । चलचित्र ‘क्याप्टेन’पछि प्रियंका कुनै अरु चलचित्रमा देखा परेकी छैनन् ।

Leave a Reply