यम थापाको चलचित्रमा श्वेता खड्का आमाको भूमिकामा देखिदै

अभिनेत्री श्वेता खड्का करिब दुई वर्षपछि चलचित्रमा देखिने भएकी छन् ।‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिका निर्वाह गर्न लागेको बताइएको छ । निर्देशक थापा स्वयम्को कथामा निर्माण हुने चलचित्रमा श्वेताले आफूले निर्वाह गर्न लागेको भूमिकाको बारेमा प्रष्ट खुलाएकी छैनन् ।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धलाई देखाउने छ । निर्देशक थापा आफ्नो नाम नराखिएको नयाँ चलचित्रमा छोरीको भूमिकामा बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा रहेका छन् । आफैं चलचित्र निर्माणमा जुटेकी स्वेताले पछिल्लो दुइ वर्षयता चलचित्रमा अभिनय गरेकी छैनन् । आफैंले निर्माण गरेको चलचित्र ‘कान्छी’ पछि निर्देशक एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् । तर, घाँटीमा ट्यूमर देखिएपछि यो चलचित्र पूरा गर्न सकिनन् ।

Leave a Reply