विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का

विराज भट्टको निर्देशन रहने नयाँ फिल्म ‘१२ गाउँ’मा मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीले यही चलचित्रबाट फिल्ममा डेब्यू गर्ने भएकी छन् । मंगलबार विराज र न्यान्सीबीच कागजी सम्झौता भएको छ । न्यान्सीले फिल्ममा काम गर्ने इच्छा पूरा हुन लागेकोमा खुसी व्यक्त गरेकी छन् । ‘१२ गाउँ’बाट विराजका जेठा छोरा समीर भट्टले पनि डेब्यू गर्दैछन् ।

‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो । हाम्रो फिल्मको पात्रले खोजेको जस्तै भएकाले न्यान्सीलाई अनुबन्धित गरेका छौं,’ विराजले भने । न्यान्सीले २०२२ को मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी थिइन् ।

विराज भट्ट स्वयंको मुख्य भूमिका रहने चलचित्रको छायांकन चैत १५ गतेदेखि नेपाल र भारतमा हुनेछ । हाल प्रि-प्रोडक्सनको काम भइरहेको फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ । ‘१२ गाउँ’ विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बन्नेछ ।

Leave a Reply